फोहोर फाल्न जाँदा आज पनि अवरोध गरे, लुकेर गुलेली हान्छन्: बालेन

प्रकाशित मिति : ३० श्रावण २०७९, सोमबार  ८ : २५


काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले बञ्चरे डाँडामा फोहार फाल्न जाँदा सत्तारुढ दलहरुकै नेताहरुको अगुवाइमा सडक अवरुद्ध गरिएको गुनासो गरेका छन्।

अवरोधबीच सोमबार २ सय ३ गाडी फोहोर विसर्जन गरिएको छ।

प्रहरी परिचालन गरेर गाडीलाई सुरक्षा दिएर सोमबार २ सय ३ वटा गाडीले फोहोर विसर्जन गरेको मेयर शाहले जानकारी दिएका छन्।

उनले सोमबार २ सयभन्दा बढी प्रहरी परिचालन गरी फोहोर बोकेका गाडी बन्चरेडाँडा लगिए पनि केही समूहले गुलेली हानेर अवरोध गरेको पनि बताएका छन्।


प्रतिक्रिया दिनुहोस्