काठमाडौंमा कोठा खोज्ने नाममा ठगीधन्दाः पैसा माग्छन्, मोबाइल अफ गर्छन!

प्रकाशित मिति : ३० श्रावण २०७९, सोमबार  ७ : ५६


काठमाडौं । कोठा खोजिदिने भन्दै पैसा माग्ने र पैसा पाएपछि मोबाइल बन्द गर्ने ठगलाई कारवाही गर्न माग गर्दै प्रहरीमा उजुरी परेको छ।

मिठु पाण्डेले आफू र आफू जस्तै हजारौ व्यक्ति ठगिएको भन्दै अपराध अनुसन्धान कार्यालयमा उजुरी दिएका छन्।

हाम्रोबजार डटकममा मैतिदेवीमा एउटा कोठा र एउटा किचन र बाथरुम भएको कोठा मासिक १० हजार रुपैयाँमै पाइने विज्ञापन देखेपछि पाण्डेले सम्पर्क गरेका थिए।

सर्भिस चार्ज भनेर फारम भरेको ५ सय रुपैयाँ मागेको र त्यसपछि मोबाइल अफ गरेर कैयनलाई ठग्ने गरेको उजुरीमा उल्लेख छ।

 


प्रतिक्रिया दिनुहोस्