एकान्तकुनामा बस दुर्घटना हुँदा ८ जना घाइते

प्रकाशित मिति : ३० श्रावण २०७९, सोमबार  ७ : ४२


काठमाडौं । ललितपुरको एकान्तकुनामा बस दुर्घटना हुँदा ८ जना घाइते भएका छन्।

उनीहरूको स्टार अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

एकान्तकुनाबाट बल्खुतर्फ गइरहेको बा ३ ख २७१८ नम्बरको मध्य उपत्यका बस अनियन्त्रित भई पल्टिएको थियो।

घाइतेहरुको स्टार अस्पतालमा उपचार भइरहेको छ।

 


प्रतिक्रिया दिनुहोस्