राष्ट्र बैंकले फेरि भन्यो: क्रिप्टो करेन्सीको कारोबार गरे कारवाही हुन्छ

प्रकाशित मिति : ३० श्रावण २०७९, सोमबार  ५ : ५४


नेपाल राष्ट्र बैंकले फेरि क्रिप्टो/भर्चुअल करेन्सीको कारोबार अवैध रहेको बताउँदै कसैको संलग्नता रहेको पाइएमा कारबाही गर्ने चेतावनी दिएको छ।

क्रिप्टो कारोबार नगर्न सचेत गराउँदै राष्ट्र बैंकले चौथो पटक सूचना जारी गरेको हो। यसअघि २०७४ साउन ९ गते, २०७८ भदौ २४ गते र २०७८ माघ ९ गते सार्वजनिक सूचना मार्फत सचेत गराएको थियो।


प्रतिक्रिया दिनुहोस्