प्रचण्डलाई आयोगले सोध्योः १० करोड खर्चेर कसले चुनाव जित्यो?

प्रकाशित मिति : ३० श्रावण २०७९, सोमबार  ५ : ०२


काठमाडौं । निर्वाचन आयोगले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ठूलो रकम खर्चेर चुनाव जित्ने गाउँपालिका अध्यक्ष को हो भन्दै प्रश्न गरेको छ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा दाहालले चुनाव जित्न एउटा गाउँपालिका अध्यक्षले १० करोड खर्च गरेर जितेको देखिएको बताएका थिए।

धेरै पैसा खर्च गर्न नसके र अनेक तडकभडक गर्न नजाने चुनाव जित्नै गाह्रो हुने अवस्था रहेको उनको भनाइ थियो।

स्थानीय तहको चुनावमा गाउँपालिका अध्यक्षका उम्मदवारले बढीमा ३ लाख ५० हजार रुपैयाँसम्म खर्च गर्न पाउने सीमा आयोगले तोकेको थियो। अध्यक्ष दाहालले यस्तो अभिव्यक्ति दिएपछि आयोगले दाहाललाई सूचना उपलब्ध गराएर सहयोग गरिदिन आग्रह गरेको हो।


प्रतिक्रिया दिनुहोस्