कोरोना संक्रमणबाट एक जनाको मृत्यु, ८८८ संक्रमित थपिए

प्रकाशित मिति : ३० श्रावण २०७९, सोमबार  ४ : १६


काठमाडौं । कोरोना भाइरसको सङ्क्रमण आज आठ सय ८८ जनामा देखिएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको नियमित बुलेटिनमा पाँच हजार सात सय ३७ परीक्षणमध्ये आठ सय ८८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो।

सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार तीन सय ८७ पुगेको छ। यस्तै आज कोरोना भाइरसबाट स्वास्थ्य लाभ लिई चार सय ७४ जना घर फर्किएका छन्।

आज कोरोना भाइरसको सङ्क्रमणबाट एक जनाको निधन भएको छ। अहिलेसम्म ११ हजार नौ सय ८९ जनाको सङ्क्रमणबाट निधन भएको छ।

पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला काठमाडौँ र ललितपुर तथा दुई सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला कैलाली रहेको छ। सङ्क्रमित शून्य भएका जिल्ला मुस्ताङ, कालीकोट, डोल्पा र हुम्ला रहेका छन्।

यस्तै होम आइसोलेशनमा पाँच हजार एक सय ८८, संस्थागत आइसोलेशनमा एक सय ९९, सघन उपचार कक्ष (आइसियु)मा ६४ र भेन्टिलेटरमा तीन जनाको उपचार भइरहेको छ। विगत २४ घण्टामा एक लाख ५० हजार ६४ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन्।

 


प्रतिक्रिया दिनुहोस्