काठमाडौँ । श्रावणको अन्तिम सोमबारको अवसर पारेर वृज सिमेन्ट इण्डष्ट्रिजले पशुपतिनाथमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
सुन्दरीजलदेखि पशुपतिनाथसम्म विभिन्न ८ स्थानमा बोलबमका भक्तजनहरूलाई निःशुल्क खानेपानी, फलफुल जुस लगायतका सेवा प्रदान गरेको भने पशुपतिनाथमा भक्तजनको निःशुल्क स्वस्थ्य परीक्षण समेत गरिएको हो ।
स्वास्थ्य शिविर क्याम्पमा आँखा, दाँत र जनरल चेकअप गर्नुका साथसाथै रक्तचापको समेत परीक्षण गरिएको थियो । उक्त स्वास्थ्य शिविरका अनुसार करीब २००० दर्शनार्थीले सेवा लिएका थिए ।
लायन्स एण्ड लियो क्लब अफ काठमाण्डौं चाबहिल, वृज सिमेन्टको संयुक्त आयोजनामा यो कार्यक्रम गरिएको हो ।