भारतका सबैभन्दा धनाढ्य अम्बानीको परिवारलाई आयो ज्यान मार्ने धम्की

प्रकाशित मिति : ३० श्रावण २०७९, सोमबार  २ : ५२


एजेन्सी। रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानीको परिवारलाई फेरि ज्यान मार्ने धम्की आएको छ।

मिडिया रिपोर्टका अनुसार रिलायन्स फाउन्डेशन अस्पतालको डिस्प्ले नम्बरमा धम्की कल आएको हो।

फोन गर्ने व्यक्तिले तीन घन्टाभित्र सम्पूर्ण परिवारलाई मार्ने धम्की दिएका छन्। त्यसपछि अस्पताल व्यवस्थापनले यसबारे डीबी मार्ग प्रहरी चौकीमा उजुरी गरेको छ।

उजुरीपछि अम्बानीको परिवारको सुरक्षा व्यवस्था कडा पारिएको छ। प्रहरीले यी कलहरू प्रमाणीकरण गरिरहेको छ।

यसअघि मुकेश अम्बानीको बंगला एन्टिलिया नजिकै विस्फोटक पदार्थले भरिएको कार भेटिएको थियो। यस मामिलामा मुम्बई पुलिसका इन्काउन्टर स्पेशलिस्ट सचिन वाझेको नाम आएको थियो।


प्रतिक्रिया दिनुहोस्