राष्ट्रपतिले राजीनामा नदिए महाअभियोग लगाउनुपर्छ: तरुण दल

प्रकाशित मिति : ३० श्रावण २०७९, सोमबार  २ : ४३


काठमाडौं । राष्ट्रपतिले नागरिकता विधेयक फिर्ता गरिदिएपछि सत्ताधारी दलहरु र गठबन्धनका नेताहरुले आक्रोश पोखिरहेका छन्।

सत्ताको प्रमुख घटक दल नेपाली काँग्रेसले राष्ट्रपतिको कदमप्रति आपत्ति जनाएको छ।

कांग्रेसका भ्रातृ संगठनहरुले पनि राष्ट्रपतिको विरोध जनाइरहेका छन्।

यसैबीच, नेपाल तरुण दलले राष्ट्रपति विद्यादेवी भण्डारीको राजीनामा माग गरेको छ।

अध्यक्ष विद्वान गुरुङले विज्ञप्ति जारी गर्दै राष्ट्रपतिले राजीनामा नदिए महाअभियोग लगाउनुपर्ने माग गरेका हुन्।


प्रतिक्रिया दिनुहोस्