बालेनसंग इच्छाशक्ति भएन, म भए काठमाण्डौँको फोहर सोर्थेँः साम्पाङ

प्रकाशित मिति : ३० श्रावण २०७९, सोमबार  २ : ३८


काठमाण्डौँ । धरान उप–महानगरपालिकाका मेयर हर्क साम्पाङले आफू काठमाण्डौँको मेयर भएको भए सजिलै फोहर ब्यवस्थापन गर्न सक्ने बताएका छन्।

काठमाण्डौँ आएको बखत एक युटुभ च्यानलमा अन्तरवार्ता दिने क्रममा मेयर हर्कले विरोधीलाई डण्डा चलाएर भए पनि आफूले यहाँको फोहर ब्यवस्थापन गर्न सक्ने बताएका हुन्।

पत्रकारले काठमाण्डौँको मेयर भएको भए यहाँको फोहर ब्यवस्थापन गर्न सक्नुहुन्थ्यो? भन्ने प्रश्नमा उनले भनेका थिए सक्थेँ। उनले भने ‘विरोधीहरुलाई डण्डा लगाएर भए पनि गर्थे। सरकार सरकारजस्तो हुनुपर्यो। कडा भनेको निरंकुस होइन। नमान्नेमाथि कडा ढंगबाट जानु पर्यो। काठमाण्डौँको फोहर पनि सोर्न सक्छौँ। फोहरले सहर खत्तम भइसक्यो। जताततै फोहर छ। कसरी सहन सक्ने? यत्रो फोहर संकलन गरेर राख्ने सडकमा? के हो गाँठो? कसरी पर्यो? त्यसलाई फुकाउनु पर्यो। गाँठो भित्र बसिरहनु भएन। गाँठो परेपछि फुकाउनु पर्यो। नभए काटेर फेरि काम चलाउने गरी गाँस्नु पर्यो । यहाँ त जतासुकै तार। दरबारभित्र पनि तार। धरानमा त पुलिसले काटिदिन्छ। बालेन सरसंग विलिङ पावर भएन। सरकार कडा हुनुपर्यो।’

उनले अबको ५ बर्षमा धरानलाई देख्न, छुन र अनुभूत् गर्न सकिने गरी कायापलट गर्ने बताए।


प्रतिक्रिया दिनुहोस्