आमा बन्दै अभिनेत्री श्वेता खड्का

प्रकाशित मिति : ३० श्रावण २०७९, सोमबार  १ : ५८


काठमाण्डौँ । अभिनेत्री श्वेता खड्का आमा बन्ने भएकी छिन् । ०७७ मंसिर २२ गते श्वेता र विजयन्द्रबिच विवाह भएको थियो । बिहे भएको डेढ वर्षपछि श्वेता आमा बन्ने भएकी हुन् ।

पारिवारिक श्रोतका अनुसार यतिबेला श्वेताको गर्भमा साढे ६ महिनाको सन्तान हुर्किरहेको छ ।

उनको डेलिभरी डेट ‘कात्तिकको अन्त्यतिर रहेको चिकित्सकले बताएका पारिवारिक श्रोतले बतायो । गर्भवती भएदेखि श्वेता बनस्थलीस्थित माइती घरमा बसेर आराम गरिरहेकी छिन् । व्यवसायलाई श्रीमान विजयन्द्र सिंह रावतले सम्हालिरहेका छन् ।

 


प्रतिक्रिया दिनुहोस्