रियल मड्रिडको विजयी सुरुवात

प्रकाशित मिति : ३० श्रावण २०७९, सोमबार  ७ : ५६


काठमाडौं । साविक विजेता रियल म्यड्रिडले ला लिगा २०२२/२३ सिजनमा विजयी सुरुवात गरेको छ ।

आइतबार राति भएको खेलमा रियलले अल्मेरियाबिरुद्द पुनरागमनसहित २-१ को जित निकाल्यो । १(० ले पछि परेको रियललाई जित दिलाउन लुकास भास्क्वेज र डेभिड अलाबाले एक(एक गोल गरे । अल्मेरियाका लार्जी रामाजानीले सुरुवाती अग्रता बनाए पनि जोगाउन सकेन ।

जितसँगै लगातार उपाधि जित्ने योजनामा रहेको साविक विजेता रियलले महत्त्वपूर्ण तीन अंक जोड्यो । गएराति भएको खेलमा क्याटलान क्लब बार्सिलोना भने बराबरीमा रोकिएको थियो ।


प्रतिक्रिया दिनुहोस्