नागरिकता विधेयक खारेज गर्नुपर्छ: मसाल

प्रकाशित मिति : २९ श्रावण २०७९, आइतबार  ८ : ४६


काठमाडौं । नेकपा (मसाल)ले नागरिकता विधेयक राष्ट्रपति कार्यालयबाट फिर्ता पठाउनु स्वागतयोग्य भएको बताएको छ।

आइतबार महामन्त्री मोहनविक्रम सिंहले एक वक्तव्य प्रकाशित गरी सो विधेयक खारेज गर्न अपील गरेका छन्।

‘प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवैद्वारा पारित नागरिकता विधेयक राष्ट्रघाती भएको र त्यसका दीर्घकालिन दुश्परिणामहरू हुने कुरा निश्चित छ’ वक्तव्यमा भनिएको छ, ‘त्यो विधेयकलाई राष्ट्रपतिले प्रमाणित नगरेर पुनर्विचारका लागि संसदमा नै पठाउने जुन कार्य गरिएको छ, त्यसलाई हाम्रो पार्टी स्वागत गर्दछ र सबै सांसदहरूसित त्यसबारे पुर्नविचार गरेर त्यसलाई अस्वीकार गर्नका लागि हामीले अपील गर्दछौँ।’


प्रतिक्रिया दिनुहोस्