राष्ट्रपतिले फिर्ता गरिन् नागरिकता विधेयक

प्रकाशित मिति : २९ श्रावण २०७९, आइतबार  ८ : ०४


संसदका दुवै सदनबाट पास भएको नागरिकता विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता गरिदिएकी छन्।

प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटाले प्रमाणित गरी प्रमाणीकरणका लागि पठाइएको उक्त विधेयक राष्ट्रपतिको कार्यालयले आइतवार फिर्ता पठाइदिएको हो।

राष्ट्रपतिको कार्यालयले विधेयकको नागरिकता प्राप्तिसम्बन्धी विषयमा संघीय संसदबाट पुनर्विचार हुन आवश्यक रहेकोले फिर्ता पठाइएको उल्लेख गरेको छ।

गत साउन १५ संघीय संसदका दुवै सदनले यो विधेयक पारित गरेको थियो। त्यसपछि सभामुख सापकोटाले विधेयक प्रमाणित गरेर प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पठाएका थिए।


प्रतिक्रिया दिनुहोस्