रविन्द्र मिश्रको पार्टीको अध्यक्षमा समिक्षा बास्कोटा चयन

प्रकाशित मिति : २९ श्रावण २०७९, आइतबार  ७ : ०२


काठमाडौं । रविन्द्र मिश्रले विवेकशील साझा पार्टीको अध्यक्षबाट राजीनामा दिएपछि रिक्त रहेको पदमा सोही पार्टीकी नेतृ समिक्षा बास्कोटा चयन भएकी छन्। यस्तै संयोजकमा सञ्जिव वल्लभ भट्टराई चयन भएका छन्।

पार्टीका अध्यक्ष मिश्रले गत जेठमा दिएको राजीनामा स्वीकृत गर्दै पार्टीको आज बसेको केन्द्रीय समितिको बैठकले कार्यसम्पादन समिति सदस्य बास्कोटालाई नयाँ अध्यक्ष चयन गरेको हो।

बास्कोटा स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेद्वार थिइन्।

त्यसअघि उनले २०७४ को निर्वाचनमा काठमाडौँ क्षेत्र नं १ ‘क’ बाट प्रदेश सभा सदस्यको उमेदवार बनेर २७ प्रतिशत मतसहित तेस्रो स्थान हासिल गरेकी थिइन्।

उनले काठमाडौँ स्कुल अफ ल बाट कानुनमा स्नातक गरेर अमेरिकाबाट कानुनमै स्नातकोत्तर गरेकी छिन्।

संयोजक चयन भएका केन्द्रीय कार्य सम्पादन समितिका सदस्य भट्टराईले समाजशास्त्र, अर्थशास्त्र र अंग्रेजी भाषामा स्नातक गरेका छन्। ३४ वर्षे भट्टराई तत्कालीन विवेकशील नेपाली दलको निर्वाचित नीति सचिव तथा विवेकशील साझा पार्टीको नीति विभाग प्रमुख थिए।

 


प्रतिक्रिया दिनुहोस्