काठमाडौंको फोहोर उठाउन सरकारको ध्यानाकर्षण गरिने

प्रकाशित मिति : २९ श्रावण २०७९, आइतबार  ६ : ०९


काठमाडौं । सत्तारुढ गठबन्धनले काठमाडौंको फोहोर व्यवस्थापनका लागि सरकारको ध्यानाकर्षण गराउने भएको छ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले काठमाडौं उपत्यकामा जम्मा भएको फोहोर उठाउन सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको बैठकमा सहभागी एक नेताले जानकारी दिए।

काठमाडौं उपत्यकाको फोहोर विसर्जन गर्ने गरिएको नुवाकोट र धादिङको सीमा क्षेत्रमा रहेको बन्चरेडाँडामा स्थानीयले अवरोध गरेपछि सडकमा फोहोर थुप्रिएको छ। लामो समयसम्म फोहोर सडक हुँदा शहरमा दुर्गन्ध फैलिएको हो।


प्रतिक्रिया दिनुहोस्