हर्क साम्पाङ लेख्छन्– प्रधानमन्त्री बस्ने शहरको विजोग देख्दा श्रमदान गर्न मन लाग्यो

प्रकाशित मिति : २९ श्रावण २०७९, आइतबार  २ : २१


काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौंका सडकमा थुप्रिएको फोहोर देख्दा श्रमदान गर्न मन लागेको बताएका छन् ।

काठमाडौंको चिल्ला र फराकिला सडक किनारामा फोहोरको डँगुर देख्दा खाल्डाखुल्डी बाटो भएपनि धरानै सफा लागेको उनले बताए ।

‘काठमाडौंको चिल्ला र फराकिला सडक किनारामा फोहोरको डँगुर देख्दा त खाल्डा खुल्डी बाटो भए पनि धरानै सफा लागो ! प्रधानमन्त्री र मन्त्रीहरु बस्ने शहरको यो विजोग देख्दा श्रमदान गर्न मन लाग्यो !’ साम्पाङले सामाजिक सञ्जालमार्फत् भने ।

 


प्रतिक्रिया दिनुहोस्