युनाइटेडको लज्जास्पद हार

प्रकाशित मिति : २९ श्रावण २०७९, आइतबार  ७ : ११


काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा शनिबार राति ब्राइटनसंग म्यानचेस्टर युनाइटेड स्तब्ध बनेको छ ।

ब्राइटनको घरेलु मैदानमा भएको खेलमा युनाईटेड ४–० ले पराजित भएको हो । खेलको कुनै पनि समयमा युनाईटेडले प्रभाव जमाउन सकेन । स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोसमेत गोलविहिन रहे ।

ब्राइटनलाई जिताउन जोसुवा डासिल्भा, माथिअस जेनिस, बेन मी र बायर्न एमबेउमोले समान एक एक गोल गरे । ब्राइटनले सुरुवाती ३५ मिनेटमै ४–० को अग्रता बनाएको थियो ।

जितपछि ब्राइटन २ खेलबाट ४ अंक जोड्दै तेस्रो स्थानमा छ । लगातारको हारसंगै युनाइटेड पुछारमा छ ।


प्रतिक्रिया दिनुहोस्