को हुन् चर्चित लेखक सलमान रुस्दीमाथि आक्रमण गर्ने व्यक्ति, यो आक्रमण किन भयो?

प्रकाशित मिति : २८ श्रावण २०७९, शनिबार  ५ : २७


एजेन्सी। शुक्रबार न्युयोर्क राज्यमा एउटा साहित्यिक कार्यक्रममा चक्कु हमलापछि गम्भीर घाइते भएका चर्चित उपन्यासकार सलमान रुस्दीको आँखाको शल्यक्रिया भइरहेको छ।

उनले एउटा आँखा गुमाउन सक्ने अनुमान गरिएको छ। आक्रमणकारीको पहिचान खुलेको छ। प्रहरीका अनुसार न्यु जर्सीका २४ हाडी मटरले रुस्दीलाई चक्कु प्रहार गरेका थिए।

माटरको सामाजिक सञ्जालको प्रारम्भिक समीक्षामा उनले सिया अतिवाद र इरानको इस्लामिक रिभोलुसनरी गार्ड आइआजीसीप्रति सहानुभूति देखाएको जनाइएको छ।

मटर र आइजीसीबीच कुनै सीधा सम्बन्ध नभए पनि अन्वेषकहरूले उनको सेल फोन मेसेजिङ एपमा सन् २०२० मा मारिएका इरानी कमाण्डर कासिम सुलेमानीको तस्बिरहरू फेला पारेको जनाइएको छ।

रुस्दी सहभागी स्टेजमा मटर अकस्मात उफ्रिएर उनको गर्धनमा कयौँ पटक चक्कु प्रहार गरेका थिए । मटर एक्लैले उक्त हमला गरेको प्रहरीको भनाई छ। माटरको राष्ट्रियता र उनको आपराधिक रेकर्डबारे अमेरिकी अधिकारीहरुले अध्ययन गरिरहेका प्राप्त विवरणमा जनाइएको छ।

आक्रमणको कारण?

भारतमा जन्मिएका उपन्यासकार रुस्दी सन् १९८१ मा प्रकाशित कृति ‘मिडनाइट चिल्ड्रेन’बाट विश्वप्रसिद्ध भएका थिए। सो किताव बेलायतमा मात्रै १० लाख प्रति बिक्री भएको थियो। ७५ वर्षीय रुस्दीले हालसम्म चार पुस्तक लेखेका छन्।

सन् १९८८ मा लेखेको ‘द सटानिक भर्सेस’का कारण उनी नौ वर्षसम्म भूमिगत बस्न बाध्य भएका थिए। उनले लेखेको पुस्तकले धार्मिक अनादर गरेको भन्दै उनीविरुद्ध फतवा जारी गरिएको थियो।

पुस्तक प्रकाशित भएको एक वर्षपछि इरानका सर्वोच्च नेता अयोतोल्लाह रुहोल्लाह खोमिनीले रुस्दीको हत्या गर्न आह्वान गर्दै उनको टाउकाको मूल्य ३० लाख अमेरिकी डलर तोकेका थिए।

पुस्तक प्रकाशित भएपछि भएको हिंसात्मक प्रदर्शनमा दर्जनौं मानिस मारिएका थिए। जसमा पुस्तकका अनुवादक पनि थिए। रुस्दीविरुद्धको टाउकाको मूल्य अहिले पनि कायम छ।


प्रतिक्रिया दिनुहोस्