चीनविरुद्ध आफूलाई सहयोग गरेको भन्दै ताइवान खुशी

प्रकाशित मिति : २८ श्रावण २०७९, शनिबार  ३ : ०३


ताइपेइ। ताइवानको विदेश मन्त्रालयले ताइवान स्ट्रेट र क्षेत्रमा सुरक्षा र शान्ति कायम गर्न ‘ठोस कार्य’ गरेकोमा संयुक्त राज्य अमेरिकाप्रति आफ्नो ‘निष्ठापूर्वक कृतज्ञता’ व्यक्त गरेको छ।

शनिबार एक विज्ञप्तिमार्फत ताइवानले खुशी व्यक्त गरेको हो।

यसअघि अमेरिकी इन्डो–प्यासिफिक संयोजक कर्ट क्याम्पबेलले चीनले अमेरिकी तल्लो सभाकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणमा ‘अत्यधिक प्रतिक्रिया’ देखाएको बताएकी थिइन्।

पेलोसीले एसिया भ्रमणका क्रमममा गत साता ताइवानको भ्रमण गरेकी थिइन्। पेलोसीको ताइवान भ्रमणको चीनले निन्दा गरेको थियो।

भ्रमणको विरोधमा ताइवान स्ट्रेटमा चीनले विशाल सैन्य अभ्यास गरेको थियो। एजेन्सी


प्रतिक्रिया दिनुहोस्