चर्चित लेखक सल्मान रुश्दीमाथि स्टेजमै आक्रमण

प्रकाशित मिति : २७ श्रावण २०७९, शुक्रबार  ९ : २७


काठमाडौं । विश्व चर्चित लेखक सल्मान रुश्दीमाथि स्टेजमै आक्रमण भएको छ।

अमेरिकाको न्युयोर्क सहरमा एउटा विश्वविद्यालयको कार्यक्रममा सहभागी भएका उनलाई बोलिरहेका बेला स्टेजमै आक्रमण भएको बीबीसीले उल्लेख गरेको छ।

भारतीय मूलका लेखक रुस्दीले ‘सटानिक भर्सेस’ नामक उपन्यास लेखेपछि पछिल्लो समय हत्याको धम्की उनीमाथी आउने गरेको थियो। आज स्टेजमा बोलिरहेका बेला मुक्का र चक्कु प्रहार भएको हुनसक्ने बीबीसीले जनाएको छ। उनको स्वास्थ्य अवस्थाबारे तत्काल कुनै जानकारी सार्वजनिक गरिएको छैन।

आक्रमणपछि रुस्दी भुईँमा ढलेका थिए। उनीमाथि मुड्की प्रहार भएको हो वा चक्कु प्रहार भएको भन्नेबारे यकिन भएको छैन। रुस्दी भुइँमा ढलेपछि कार्यक्रममा उपस्थित अन्य मानिसहरू मन्चमा पुगेर उनलाई उठाउँदै गरेको तस्बिर सामाजिक सञ्जालमा पनि पोस्ट भएका छन्।


प्रतिक्रिया दिनुहोस्