बैतडीकी २ किशोरी महाकालीमा डुबेर बेपत्ता

प्रकाशित मिति : २७ श्रावण २०७९, शुक्रबार  ९ : ११


बैतडी। महाकाली नदीमा बगेर बैतडीकी दुई किशोरी बेपत्ता भएका छन् । नुहाउने क्रममा बगेर दशरथचन्द नगरपालिका–८ की १५ बर्षीया कविता टमाटा र सोही ठाउँकी १४ बर्षीया संगिता टमाटा बेपत्ता भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी लोकराज जोशीका अनुसार शुक्रबार दिउँसो करिब २ बजेतिर महाकाली नदीमा नुहाउने क्रममा उनीहरु बगेका थिए । सँगै गएकी एक अर्की किशोरीले घटनाबारे बताएपछि प्रहरी खोजी कार्यमा लागेको छ ।

‘साँझ ७ बजे मात्र जानकारी पायौं, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खाजीमा जुटेको छ,’ सूचना अधिकारी जोशीले भने ।


प्रतिक्रिया दिनुहोस्