पाल्पाको भित्री कच्ची सडक छेउमा एक पुरुष मृत फेला

प्रकाशित मिति : २७ श्रावण २०७९, शुक्रबार  ५ : ५७


पाल्पा । पाल्पाको रामपुर नगरपालिका–५, मटेरीमा एक पुरुष मृत फेला परेका छन् । प्रहरीका अनुसार  मृत फेला पर्नेमा ५५ वर्षीय मनबहादुर विक रहेका छन् ।

घरदेखि २ सय ५० मिटर टाढा ठूलो आँप भन्ने स्थानमा भित्री कच्ची सडक छेउमा शुक्रबार दिउँसो विक मृत भेटिएका हुन् ।

बिहान खाना खाएर घरबाट हिँडेका उनलाई स्थानीयले सडक छेउमा मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । मिर्गौलाको समस्याबाट गुज्रिँदै आएका उनको तीन पटक शल्यक्रिया गरेको पारिवारले जनाएको छ । उनको मृत्युबारे अनुसन्धान थालिएको प्रहरीको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस्