राष्ट्रपति भवन अगाडि निहारिकाले गरिन् आत्मदाहको प्रयाश

प्रकाशित मिति : २७ श्रावण २०७९, शुक्रबार  ३ : ५०


काठमाडौं । आफूलाई बलात्कार गर्ने दोषीलाई कारबाही गर्न माग गर्दै आइरहेकी कुमारी आमा निहारिका राजपुतले राष्ट्रपति भवन शितल निवास अगाडि आत्मदाहको प्रयाश गरेकी छन्।

शुक्रबार दिउसो शितलनिवास अगाडि आफ्नो शरिरमा पेट्रोल छर्किएर आत्मदाह प्रयास गरेपछि उनलाई प्रहरीले प्रहरीले जोगाएको छ।

आफू बलात्कृत भएको र प्रशासनले कानूनी लडाइँमा सहयोग नगरेको गुनासोसहित उनी आन्दोलनरत छिन्।

पछिल्लो समय उनी १ हप्तादेखि आमरण अनसनमा थिइन्। काठमाडौंको बसन्तपुर डबलीमा आमरण अनसनमा रहेकी उनी शुक्रबार आत्मदाह गर्ने भन्दै शीतल निवास पुगेकी थिइन्।

निहारिकाको स्वास्थ्य अवस्था बिग्रिएको कारण उनलाई शिक्षण अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

 

 

 


प्रतिक्रिया दिनुहोस्