झाँक्रीले अध्यक्ष नेपाललाई भनिन् ‘घरमै आराम गर्नू’

प्रकाशित मिति : २७ श्रावण २०७९, शुक्रबार  ३ : ०९


काठमाण्डौँ ।  नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपाल कोरोना संक्रमित भएका छन् ।

लक्षण देखिएर जाँच गर्ने क्रममा उनलाई विहिबार कोरोना संक्रमण पुष्टि भएको हो । अहिले अध्यक्ष नेपालले आराम गरिरहेका छन् ।

यसैबीच कोरोना संक्रमित अध्यक्ष नेपाललाई सोही पार्टीकी सचिव राम कुमारी झाँक्रीले घरमै बस्न सुझाएकी छन् ।

सामाजिक संजालमा शीर्ष स्वास्थ्य लाभको कामना गर्दै उनले आराम गर्न सुझाएकी हुन् । उनले फेसबुकमा लेखेकी छन् ‘हाम्रो पार्टी नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष, पूर्व प्रधानमन्त्री, माननीय सांसद, क. माधव कुमार नेपाल कोरोना संक्रमित हुनु भएको छ। तर स्वास्थ्य अबस्था सामान्य छ। केही दिन सेल्फ आईसोलेसनमा घरमै आराम गरिरहनु हुनेछ । म कमरेडको सिघ्र स्वास्थ्यलाभको कामना गर्दछु।’


प्रतिक्रिया दिनुहोस्