प्रेमगित ३ को ट्रेलर भारतको जि म्यूजिकबाट सार्वजनिक हुने

प्रकाशित मिति : २७ श्रावण २०७९, शुक्रबार  २ : ३७


काठमाण्डौँ । वहुप्रतिक्षित नेपाली चलचित्र प्रेमगित ३ को र टिजर र ट्रेलर भारतको जि म्यूजिक कम्पनीबाट सार्वजनिक हुने भएको छ ।

पहिलोपटक भारतमा डविङ भएको नेपाली चलचित्रको हिन्दी भाषाको टिजर यही १३ अगस्टमा रिलिज हुने छ भने आधिकारिक ट्रेलर भने १८ अगस्टमा सार्वजनिक हुने चलचित्र निर्माता सन्तोष सेनले सामाजिक संजाल फेसबुकमार्फत जानकारी गराएका छन् । भारतको चर्चित म्यूजिक कम्पनी जि म्युजिकको युटुभमार्फत् मध्यराति १२ बजे सो ट्रेलर पहिलोपटक सार्वजनिक हुने उनले बताए ।

अहिले चलचित्र निर्माता टोलीले र भारत र नेपालमा प्रचारको काम तीव्र बनाइरहेको छ । चलचित्रको विश्वभर प्रदर्शन मिति असोज ७ गते रहेको छ । चलचित्रको मुख्य अभिनेतामा प्रदीप खड्का छन् भने अभिनेत्रीमा कृष्टिना गुरुङ छिन् । साथमा नेपालका चर्चित खलपात्र सुनिल थापा पनि विशेष भूमिकामा छन् ।


प्रतिक्रिया दिनुहोस्