मेयर बालेनलाई वडाध्यक्षले भनेः फोहार बागमतीमा फाल्दिऊँ

प्रकाशित मिति : २६ श्रावण २०७९, बिहिबार  ८ : ३५


काठमाडौं। काठमाडौं महानगरको मेयर बनेयता बालेन्द्र शाह यहाँको फोहोर व्यवस्थापन गर्न लागि परेका छन्।

फोहोर व्यवस्थापनको समस्यालाई दिगो रुपमा समाधान गर्ने उनले वाचा गरेका छन्। यद्यपी काठमाडौंका धेरै स्थानमा फोहोरको थुप्रो दिनदिनै बढिरहेको छ।

यसबीचमा फोहोरलाई व्यवस्थापन नसकेको भन्दै महानगरका वडाध्यक्षहरुले मेयर बालेनको आलोचना गर्न थालेका छन्।

आज बिहीबारको नगर कार्यपालिकाको बैठकमा वडाध्यक्षहरुले मेयर बालेन एक्लै हिँड्न खोजेको, सहकार्य नगरेको, फोहोर व्यवस्थापन सम्बन्धी कामबारे जानकारी नदिएको भन्दै उनीविरुद्ध खनिए।

वडा नम्बर १० का अध्यक्ष रामकुमार केसीले बैठकमा बालेन एक्लै मन्त्रालय जाने, सिसडोल जाने गरेको र त्यस्ता विषय आफूहरुलाई थाहा नहुँदा काम गर्न गाह्रो भएको उनको भनाइ छ।

यसबीचमा काठमाडौं महानगरपालिका ३० नम्बर वडाका अध्यक्ष दलबहादुर कार्कीले भने काठमाडौंबासी अब केन्द्र सरकारविरुद्ध लाग्न बाध्य भएको बताए।

उनले सरकारले नै महानगरलाई सहयोग नगर्ने अवस्थामा फोहोर बागमतीमा बगाइदिनुपर्ने बताए। काठमाडौं महानगरको बेइज्जत हुने अवस्था भएकाले जसरी पनि फोहोरलाई व्यवस्थापन गर्नुपर्ने उनको भनाइ छ।


प्रतिक्रिया दिनुहोस्