सुरु भयो एमाले सचिवालय बैठक

प्रकाशित मिति : २६ श्रावण २०७९, बिहिबार  २ : ४०


काठमाण्डौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा केहीबेर अघि बैठक सुरु भएको हो।

मंसिर ४ गतेका लागि तोकिएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि रणनीति बनाउनका लागि एमालेले केन्द्रीय सचिवालयको बैठक बसेको हो।

समसामयिक, राजनीतिक र आगामी निर्वाचनमा केन्द्रीत रहेर बैठकमा छलफल हुने अध्यक्ष केपी शर्मा ओलीको सचिवालयले जनाएको छ।

सरकारले निर्वाचनको मिति घोषणा गरेसँगै दलहरु आ–आफ्नो तयारीमा जुटेका छन्। सत्तारुढ गठबन्धनसँग एमाले एक्लै निर्वाचनमा प्रतिस्पर्धा गर्ने बताइरहेको छ।


प्रतिक्रिया दिनुहोस्