पूर्व वडाध्यक्ष मृत अवस्थामा फेला

प्रकाशित मिति : २६ श्रावण २०७९, बिहिबार  १२ : २४


स्याङजामा पूर्व वडाध्यक्ष मृत अवस्थामा फेला परेका छन्।

जिल्लाको वालिङ नगरपालिका-९ का पूर्व वडाअध्यक्ष बसन्त श्रेष्ठ मृत अवस्थामा फेला परेका छन्।

वालिङ-१३ स्थित गहाखोला सडकमा बिहीबार बिहान उनी मृत अवस्थामा फेला परेका हुन्। श्रेष्ठ बुधबार रातिदेखि सम्पर्कविहीन थिए।

सिद्धार्थ राजमार्गभन्दा करिब २० मिटर तल लडेको अवस्थामा उनको शव स्थानीयले भेटेका थिए।

घटनाको प्रहरीले थप अनुसन्धान गरिरहेको छ। गत २०७४ को स्थानीय निर्वाचनमा उनी नेपाली कांग्रेसको तर्फबाट वडाध्यक्षमा विजयी भएका थिए।


प्रतिक्रिया दिनुहोस्