आज साउन २६ गते बिहिबार, कसको राशिफल कस्तो?

प्रकाशित मिति : २६ श्रावण २०७९, बिहिबार  ७ : ०१


आजको पात्रो: २६ साउन २०७९, बिहीबार। अगष्ट महिनाको ११ तारिक २०२२। श्रावणशुक्लपक्ष चतुर्दशी तिथि, बणिज करण उत्तरषाढा नक्षत्र, आयुष्मान योग, चन्द्रमा मकर राशिमा रहेको छ। आज बिहान सूर्योदय ५ः३२ मा भएको छ भने सूर्यास्त ६ः४७ मा हुनेछ। बिहान ११ः४३ देखि १२ः३५ सम्मको समय अभिजित मुहूर्त रहेको छ। आजका देवता चन्द्र र ग्रह देव केतु हुन्। आजको दिन यात्रा र कुनै नयाँ शुभ कार्यको लागि राम्रो दिन मानिदैन।

आजको राशिफल

मेष (चु।चे।चो।ला।लि।लु।ले।लो।अ)

मेष राशिका जातकका लागि आज मन अध्यात्म र दर्शनतर्फ आकर्षित बन्नेछ । पेसा र व्यवसायबाट लाभ हुनेछ । कसैकसैका लागि सन्तान प्राप्ति र प्रसन्नता छाउनेछ।
स्वास्थ्यमा सुधार हुनेछ, आफूभन्दा उच्च व्यक्तिबाट प्राप्त हुने सम्मानले मनमा नयाँ काम गर्न मन लाग्नेछ । आजको दिन शुरुवात गरेको काम छिटो सम्पन्न हुनेछ ।

वृष (इ।उ।ए।ओ।वा।वि।वु।वे।वो)

आकस्मिक अर्थलाभ हुनेछ । व्यापार व्यवसायबाट नसोचेको धन प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । परिवार र दाम्पत्य जीवनमा सुख प्राप्त हुनाका साथै यात्राको अवसर प्राप्त हुनेछ । यात्राबाट फाइदा हुनेछ । मनमा सकारात्मक सोच र खुसी हुने खबरले उत्साह थपिने छ ।

मिथुन (क।कि।कु।घ।ङ।छ।के।को।ह)

नयाँ खबरले मनमा खुसियाली छाउने छ । घरपरिवार र आफन्तसँग केही विषयमा विवाद हुनसक्छ । आजको दिन कम बोल्ने र अर्काका कुरा सुन्ने गर्दा राम्रो हुनेछ । राम्रो काम गर्न खोज्दा पनि अनावश्यक आरोप लाग्न सक्छ । सत्कार्यका लागि कामअनुसारको फल प्राप्त हुनेछ । सकारात्मक सोच राखेर काम र कुरा गर्न उत्तम हुनेछ ।

कर्कट (हि।हू।हे।हो।डा।डि।डु।डे।डो)

कर्कट राशिका जातकका लागि आजको दिन यात्रा गर्न लाग्नु भएको छ भने यात्राबाट फाइदा पुग्नेछ । सोचअनुसारको काम गर्दा फाइदा हुन्छ । व्यापार व्यवसायमा नयाँ लगानी गर्नु पनि सकिन्छ । अध्ययन अध्यापनमा लागेका कर्कट राशिका जातकका लागि नयाँ अवसर प्राप्त हुनेछ । आजको दिन आफूले सम्मान गर्ने व्यक्तिसँगको मिलन फाइदाजनक हुनेछ ।

सिंह (मा।मि।मु।मे।मो।टा।टि।टु।टे)

सिंह राशिका जातकले बिहीबार बिहान सूर्योदयको दर्शन गर्नुहोला । अनावश्यक विवाद हुनसक्छ । आजको दिन भुलेर पनि कसैसँग विवाद नगर्नुहोला । पारिवारिक समस्याका कारण मनमा अनेक समस्या उत्पन्न हुनसक्छ । आजको दिन मौन रहेर आफ्नो नियमित कार्य गर्नुहोला । कसैसँग विवाद हुनसक्ने भएकाले नियमित काम बाहेक नयाँ कामका लागि दिन त्यति उपयुक्त छैन ।

कन्या (टो।प।पी।पू।ष।ण।ठ पे।पो)

यात्राका लागि अवसर आउनसक्छ । नयाँ मित्रमण्डलीसँगको भेटले कार्यगत उत्साह थपिने छ । आफन्त र मित्रजनबाट साथ र सहयोगको प्रस्ताव आउनसक्छ । आजको दिन नयाँ बस्त्र खरिद गरेर लगाउन राम्र्रो हुनेछ । आजको दिन कुनै देवी मन्दिरको दर्शन गरेर काम गर्नु थाल्नुभएको छ भने सोचअनुसारको प्रतिफल प्राप्त हुनेछ ।

तुला (रा।री।रु।रे।रो।ता।ती।तु।ते)

तुला राशिमा जातकका लागि आजको दिन सोचअनुसार काम हुनेछ । व्यापार व्यवसायमा हुनुहुन्छ भने आजको दिन फाइदा हुन्छ । धैर्यको आवश्यकता हुन्छ । सकारात्मक सोच राखेर अघि बढ्नु होला । परिवार र आफन्तजनबाट समेत सहयोग हुनेछ । कुनै शिवालय र वा देवालयमा गएर अशक्तलाई खानेकुरा दिनुभयो भने उत्तम हुनेछ ।

वृश्चिक (तो।ना।नि।नु।ने।नो।या।यि।यु)

आजको दिन सूर्योदयको दर्शन गरेर दिनको शुरुवात गर्नुहोला । मनमा प्रसन्नता र उत्साह बढ्ने छ । कुनै नयाँ कामको शुरुवात समेत गर्न सक्नुहुनेछ । आज शुरुवात गरेको कामबाट सफलता प्राप्त हुनेछ । अनावश्यक आरोप लाग्नसक्छ त्यसैले आफ्नो नियमित काम गर्दा सकात्मक सोच राखेर काम गर्नुहोला । परिवारमा हुने विवादले समस्या हुनसक्छ त्यसैले धैर्य र मौन रहनु नै बेस हुनेछ ।

धनु (ये।यो।भा।भी।भु।ध।फा।ढ।भे)

परिवार तथा आफन्तजनको साथ सहयोगले कार्य प्रगति हुनेछ । आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोला । आजको दिन व्यर्थमा समय खर्च र अनावश्यक आर्थिक भार थप हुनेछ। मित्रमण्डलीबाट असहयोग हुनसक्नेछ । साथ सहयोग कसैको नहुँदा पनि तपाईको मनमा उर्जाका लागि देवालय र शिवालयको दर्शन गर्नु भएमा मनमा उत्साह थपिने छ।

मकर (भो।जा।जी।जू।जे।जो।ख।खि।खु।खे।खो।गा।गी)

आजको दिन सोचेअनुसारको काम हुने भएकाले नयाँ काम गर्नसक्नुहनेछ । आफूले गरिरहेको कामबाट मानसम्मान प्राप्त हुनसक्छ । आफ्नो कर्मयात्रामा हिँडिरहेकालाई नसोचेको सम्मान मिल्नसक्छ । मनमा निकै हर्ष छाइरहने छ । बिहान सूर्यनारायणलाई जल दिएर दर्शन गर्नुभयो भने दिन सफल हुनेछ । चन्द्रमाको साथ रहेको छ।

कुम्भ (गु।गे।गो।सा।सी।सु।से।सो।द)

आजको दिन मनमा अति खुसी छाउने छ। कुम्भ राशिका जातकले आजको दिन सोचअनुसारको काम र शत्रुमाथि विजय प्राप्ति हुनेछ । व्यापार व्यवसायबाट बाट प्राप्तबाट धनलाई सामाजिक सेवामा खर्च गर्नुभयो भने मानसम्मान मिल्नेछ । सामाजिक काममा मन जानेछ । परिवारभित्र खुसीयाली छाउने छ । परिवारका जेष्ठ सदस्यलाई उपहार दिनु राम्रो हुनेछ।

मीन (दी।दु।थ।झ।ञ।दे।दो।च।ची)

मीन राशिमा जातकले बिहान सूर्योदयको दर्शन गरेर नजिक वा देवालयको दर्शन गर्नु उत्तम छ । अध्ययन अध्यापनको क्षेत्रका कार्य गर्ने जातकले आजको दिन विहान सूर्यस्तोत्र पाठ गर्दा सकारात्मक सोच बढ्नेछ । काममा पनि सफलता मिल्नेछ। साँझको समयमा शिवालयमा पुगेर आरती दर्शन गर्दा सकारात्मक उर्जा थपिने छ। मीन राशिका व्यक्तिका लागि विहीबार विशेष दिन हो।

 


प्रतिक्रिया दिनुहोस्