स्वास्थ्य बिमा कार्यक्रम कोल्याप्स नगर्न माग

प्रकाशित मिति : २५ श्रावण २०७९, बुधबार  २ : २७


काठमाडौं । एमाले सांसद खगराज अधिकारीले स्वास्थ्य बिमा कार्यक्रम कोल्याप्स नगर्न माग गरेका छन् ।
बुधबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले सरकारकै कारण स्वास्थ्य बिमा कार्यक्रम जोखिममा परेको बताए । ‘स्वास्थ्य बिमा कार्यक्रममा ११ अर्ब संकलन भएको छ विमितहरूबाट । यसलाई अहिले अप्ठेरो अवस्थामा पुर्याइएको छ । सम्पूर्ण सरकारी अस्पताल र प्रतिष्ठान यो सेवा बन्द गर्ने अवस्थामा पुगेका छन् । के ज्येष्ठ नागरिक, अपांगता भएका नागरिकको हुर्मत लिन लागेको हो ?,’ अधिकारीले प्रश्न गरे ।

उनले एक मात्र समाजवादन्मुख कार्यक्रम स्वास्थ्य बिमा कोल्याप्स पार्न लागेको भन्दै सरकारको ध्यानाकर्षण गराए । ‘स्वास्थ्य बिमा कोल्याप्स गर्न पाइन्न । एचआईभी एड्स संक्रमित, ज्येष्ठ नागरिक, अपांगता भएका नागरिकको स्वास्थ्यमाथि खेलवाड गर्न खोजिएको भन्दै उनले सभामुखमार्फत सरकारलाई रुलिङ गर्नुपर्ने माग गरे ।


प्रतिक्रिया दिनुहोस्