एमालेद्वारा निर्वाचन आयोगमा दल दर्ता

प्रकाशित मिति : २४ श्रावण २०७९, मंगलबार  ७ : ४८


नेकपा (एमाले)ले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि आज निर्वाचन आयोगमा दल दर्ता गराएको छ।

एमालेका नेता र कार्यकर्ताको टोलीसहित जमलस्थित आयोगको कार्यालयमा पुगेर आज दल दर्ताका लागि आवेदना दिइएको हो।

दर्तापछि प्रतिक्रिया दिँदै एमालेका महासचिव शङ्कर पोखरेलले आफूहरू निर्वाचनमा विना उद्देश्य गठबन्धन गरेर जाने पक्षमा नरहेको स्पष्ट गरे।

आगामी मङ्सिर ४ गते निर्वाचन तोकिएपछि आयोगले दल दर्ताका लागि समय खुल्ला गरेको हो। रासस


प्रतिक्रिया दिनुहोस्