केन्याविरुद्ध खेल्ने नेपाली टिमको घोषणा

प्रकाशित मिति : २४ श्रावण २०७९, मंगलबार  ६ : ४९


काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले केन्यासँग खेल्ने टी–२० अन्तर्राष्ट्रिय तथा एकदविसीय सिरिजको खेल तालिका सार्वजनिक भएको छ।

नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार सिरिजको तालिका सार्वजनिक गरेको हो।

सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपालले पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय तथा तीन खेलको एकदिवसीय सिरिज खेल्नेछ। टी–२० अन्तर्राष्ट्रिय सिरिज अगस्ट २५ देखि ३० सम्म हुनेछ।

नेपाललले केन्यासँग २५, २६, २८, २९ र ३० अगस्टमा टी–२० अन्तर्राष्ट्रिय खेल खेल्नेछ। त्यस्तै, एकदिवसीय सिरिज सेप्टेम्बर २ देखि ५ सम्म हुनेछ। नेपालले २, ३ र ५ सेप्टेम्बरमा एकदिवसीय खेल खेल्नेछ।

त्यस्तै क्यानले सन्दीप लामिछानेको कप्तानीमा १६ सदस्यीय टोलीको समेत घोषणा गरेको छ। क्यानले घोषणा गरेको टोलीमा पूर्व कप्तान ज्ञानेन्द्र मल्लले पुनरागमन गरेका छन्।

नियमित रहँदै आएका कुशल भुर्तेल र विनोद भण्डारी टोलीबाट बाहिरिएका छन्। यस्तै ४ खेलाडीलाई वैकल्पिक खेलाडीको रुपमा राखिएको छ।

नेपाली टोली नवनियुक्त मुख्य प्रशिक्षक मनोज प्रभाकरको नेतृत्वमा केन्या भ्रमणमा जानेछ।


प्रतिक्रिया दिनुहोस्