अमेरिकाले पुनः एक अर्ब डलरको रकेटसहित अन्य हतियार युक्रेनलाई रुसविरुद्ध हान्न दिने!

प्रकाशित मिति : २४ श्रावण २०७९, मंगलबार  ६ : १९


काठमाडौंं। अमेरिकाले फेरि एक अर्ब अमेरिकी डलरको हतियार प्याकेज युक्रेनलाई सहयोग गर्ने घोषणा गरेको छ।

पछिल्लो अमेरिकी घोषणामा शक्तिशाली रकेट प्रणाली तथा अन्य हतियार सामेल हुने राष्ट्रपति जो बाइडेनले सोमबार बताएका छन्।

रकेट तथा गोली गठ्ठाहरु यति ठूलो संख्यामा युक्रेनलाई अमेरिकाले पहिलोपटक सहयोग गर्न लागेको हो।

रुसले युक्रेनलाई आक्रमण गरेको छैठौं महिनामा प्रवेश गरिरहँदा सोमबारको सहयोग घोषणासँगै अमेरिकाले युक्रेनलाई अहिलेसम्म ९ अर्ब अमेरिकी डलर सहयोगको घोषणा गरिसकेको छ।

रुसले अमेरिका लगायत पश्चिमा राष्ट्रले युक्रेनलाई हतियार दिएकै कारण युद्ध लम्बिएको बताउने गरेको छ।

युक्रेनले भने नयाँ र शक्तिशाली हतियार पाएपछि रुसको कडा रुपमा प्रतिकार गर्न सफल भइरहेको देखिएको छ। द हिन्दु


प्रतिक्रिया दिनुहोस्