दयाहाङ र सौगातको अभिनय रहेको चलचित्र ‘२ नम्बरी’ को टिजर सार्वजनिक (भिडिओ)

प्रकाशित मिति : २४ श्रावण २०७९, मंगलबार  ५ : ०१


काठमाडौं। नेपालका चर्चित कलाकार द्वय दयाहाङ राई र सौगात मल्लको अभिनय रहेको चलचित्र ‘२ नम्बरी’को टिजर सार्वजनिक भएको छ।

टिजरसँग उक्त चलचित्रको नयाँ प्रदर्शन मिति पनि तय भएको छ। अब आगामी असोज २१ गते यस चलचित्र नेपालभर रिलिज हुनेछ।

यसअघि यो फिल्म कात्तिक ४ गते रिलिज हुने भनिएको थियो। दीपेन्द्र लामाले निर्देशन गरेको यस फिल्ममा बुद्धी तामाङ, उपासनासिंह ठकुरी र उगेन छोदेनको पनि प्रमुख भूमिका छ।

यस चलचित्रका निर्माता दीपक मनाङे, अमलादेवी राई र जयश श्रेष्ठ हुन्।

(भिडिओ)


प्रतिक्रिया दिनुहोस्