‘पूर्व राजा ज्ञानेन्द्रको आवाजमा ढोंग पाउँदिन, खोक्रो राष्ट्रवाद पाउँदिन’

प्रकाशित मिति : २४ श्रावण २०७९, मंगलबार  ४ : १०


काठमाडौं। पत्रकारिता त्यागेर राजनीतिमा लागेका रवीन्द्र मिश्रले हालै आफ्नो पाँचौं पुस्तक ‘विचारभन्दा माथि देश’ प्रकाशन हुने घोषणा गरेका थिए।

‘विचारभन्दा माथि देश’मा मिश्रले गणतन्त्र, सङ्घीयता र धर्म निरपेक्षता जस्ता विषय सैद्धान्तिक रूपमा गलत नभए पनि दिनप्रतिदिन संवेदनशील हुँदै गएको नेपालको भूराजनीति र आन्तरिक परिस्थितिका कारण ती विषय नेपालको दूरगामी हितका लागि घातक भएको निष्कर्ष निकालेका थिए।

उनले ढिलो नगरीकन नेपालमा संवैधानिक राजसंस्था पुनःस्थापना तथा सङ्घीयता खारेज गरी नेपाललाई ‘हिन्दू–बौद्ध राष्ट्र’मा रूपान्तरण गर्नुपर्ने बताएका थिए।

त्यसयता उनी लगातार राजसंस्था पुनःस्थापनाको पक्षमा वकालत गरिरहन्छन्। यसअघि उनले पूर्वराजा ज्ञानेन्द्र शाहका नाती हृदयेन्द्र शाहलाई भविष्यमा राजाको रुपमा हेर्न चाहेको भन्दै आफ्नो विचार राखेका थिए।

यतिबेला उनले पूर्वराजा ज्ञानेन्द्रको आवाजमा आफूले ढोंगीपन नपाउने र खोक्रो राष्ट्रवाद नपाउने उल्लेख गरेका छन्।

उनले ज्ञानेन्द्रको एक भिडिओ पोस्ट गर्दै भनेका छन्,‘यो आवाजमा म त ढोङ्ग पाउँदिन। यो अवाजमा म त खोक्रो राष्ट्रवाद पाउँदिन। यो आवाज यो देशको दूरगामी हितका लागि अत्यावश्यक छ भन्नेमा विश्वस्त छु। तपाईँ नि?’


प्रतिक्रिया दिनुहोस्