इजरायली सेनाको आक्रमणमा २ प्यालेस्टाइनीको मृत्यु, ४० घाइते

प्रकाशित मिति : २४ श्रावण २०७९, मंगलबार  ३ : ३३


नाब्लस । इजरायली सेनाले कब्जा गरेको वेस्ट बैंक सहर नाब्लसको एक घरमा छापा मार्दा मङ्गलबार एक वरिष्ठ लडाकू कमाण्डरसहित दुई प्यालेस्टाइनीको मृत्यु भएको सेनाले जानकारी दिएको छ ।

इजरायल र इस्लामिक जिहाद लडाकूहरू बीचको भीषण लडाईपछि भएको युद्धविरामको कारण रोकिएको युद्धको दुई दिनपछि पुनः पछिल्लो हिंसा भएको छ ।

प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयअनुसार कम्तीमा ४० प्यालेस्टाइनी घाइते भएका छन् । ती मध्ये चारको अवस्था गम्भीर रहेको छ ।आतङ्कवादी इब्राहिम अल–नाबुलसी र अर्का एक आतङ्कवादी नाब्लस शहरमा मारिएका इजरायली सेनाद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ।

प्यालेस्टिनीहरूले सेनामाथि ढुङ्गा हानेपछि नाब्लसका अन्य भागहरूमा पनि इजरायली सेनासँग झडप भएको थियो। मार्चको अन्त्यदेखि हालसम्म कम्तीमा ५७ प्यालेस्टाइनीहरू मारिएका छन्। यी प्रायः वेस्ट बैंकका नै भएका समाचारमा जनाइएको छ। एजेन्सी


प्रतिक्रिया दिनुहोस्