धौलागिरी लघुवित्तको आईपीओ खुल्यो

प्रकाशित मिति : २४ श्रावण २०७९, मंगलबार  २ : ५७


धौलागिरी लघुवित्तको प्राथमिक सेयर (आईपीओ)को बिक्रीका लागि आवेदन खुलेको छ।

कम्पनीले कुल ३ लाख ३१ हजार कित्ता साधारण सेयर निष्कासन गरेकोमा कर्मचारी र सामूहिक लगानी कोषका लागि छुट्याएपछि बाँकी रहेको ३ लाख ९ हजार २९५ कित्ता सर्वसाधारणका लागि बाँडफाँट हुनेछ।

आईपीओमा साउन २९ गतेसम्म आवेदन दिन सकिनेछ। न्यूनतम १० र अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।


प्रतिक्रिया दिनुहोस्