सर्पले टोकेर मृत्यु भएका दाईको अन्त्येष्टीमा जाँदा यी भाईको पनि सर्पकै टोकाइबाट मृत्यु!

प्रकाशित मिति : २४ श्रावण २०७९, मंगलबार  २ : ५२


काठमाडौं। भारतमा एक २२ वर्षे युवकको सर्पको टोकाइबाट मृत्यु भएको छ।

आफ्ना ३८ वर्षे दाईको सर्पको टोकाइबाट मृत्यु भएपछि अन्तिम संस्कारका लागि पुगेका बेला उनको पनि सर्पकै टोकाइबाट मृत्यु भएको डेलीस्टारले जनाएको छ।

आफ्ना ३८ वर्षे दाई अरविन्द मिश्रको अन्त्येष्टीका लागि गोविन्द मिश्र बिहार गएका थिए। तर उनको पनि सो क्रममा सर्पले नै टोकेर मृत्यु भएपछि भवानीपुर गाउँका स्थानीयले यो घटनालाई ज्यादै दुःखद र दर्दनाक भनेका छन्।

गोविन्द आफ्ना साथी चन्द्रशेखर पाण्डेसँग अन्त्येष्टीका लागि गएका बेला गोविन्दसँगै चन्द्रशेखरलाई पनि सर्पले टोकेको थियो। यद्यपी उनको भने ज्यान जोगिएको छ।

तथ्यांकअनुसार भारतमा सर्पदंशका घटना ज्यादै दोहोरिन्छन्। हरेकवर्ष भारतमा ५० लाखलाई सर्पले टोक्ने गरेको विश्व स्वास्थ्य संगठनले जनाएको छ।

जसमध्ये ८१ हजारदेखि १ लाख ३८ हजारले वर्षेनी ज्यान गुमाउँदै आएका छन्


प्रतिक्रिया दिनुहोस्