चिनियाँ जनमुक्ति सेनालाई काउन्टर दिन ताइवानले पनि थाल्यो युद्ध अभ्यास

प्रकाशित मिति : २४ श्रावण २०७९, मंगलबार  १० : ५६


काठमाडौं।। ताइवानको सेनाले टापुको रक्षाको अनुकरण गर्दै युद्ध अभ्यास सुरु गरेको छ।

चिनियाँ जनमुक्ति सेनाले ताइवानलाई ६ स्थानबाट घेरेर ठूलो युद्ध अभ्यास गरेपछि मंगलबार ताइवानी सेनाले पनि प्रतिक्रिया स्वरुप युद्ध अभ्यास गरेको हो।

पिङतुङको दक्षिणी काउन्टीमा सैन्य अभ्यास भइरहेको ताइवानको आठौं आर्मी कोर्प्सका प्रवक्ता लोउ वोई–जेले जानकारी दिए।

अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणको विरोधमा चीनले गत साता ताइवान वरपर अहिलेसम्मकै ठूलो सैन्य अभ्यास गेको थियो। दशकौँपछि पहिलो पटक अमेरिकी उच्च अधिकारीले ताइवानको भ्रमण गरेकी थिइन्। अन्तर्राष्ट्रिय चासो र चीनको आक्रोशबीच एसिया भ्रमणका क्रममा पेलोसीले ताइवान भ्रमण गरेकी थिइन्।

ताइवान लामो समयदेखि चीनको अतिक्रमणको त्रासमा छ। चीनले जहिले पनि ताइवानलाई आफ्नो अभिन्न अंग मान्दै आएको छ, यद्यपि ताइवानले भने आफूलाई स्वायत्त देश ठान्छ।

मंगलबार र बिहीबार हुने ताइपेईको अभ्यासमा सयौं सेना र करिब ४० हाउविजर ‘लामो दूरीका हतियार’ तैनाथ हुने सेनाले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्