साढे १० प्रतिशत ब्याजमा लगानीको अवसर, बिओके डिबेन्चर

प्रकाशित मिति : २४ श्रावण २०७९, मंगलबार  १० : ५६


बैंक अफ काठमाण्डू (बिओके) ले साढे १० प्रतिशत ब्याजको डिबेन्चर बिक्री खुल्ला गर्दै छ। बिओके डिबेन्चर, २०८६ (क) भदौ २ गतेदेखि बिओकेले जारी गर्न लागेको हो।

बैंकले कुल एक अर्ब १० करोड रुपैयाँ बराबरको १ हजार रुपैयाँ अंकित दरका डिबेन्चर जारी गर्दै छ। ७ बर्षको मय्चुरीटी पिरियड रहेको ११ लाख कित्ता डिबेन्चर बैंकले भदौ २ गतेदेखि ७ गते सम्मलाई बिक्री खुला गर्दै छ । सो मध्ये ४० प्रतिशत अर्थात ४ लाख ४० हजार कित्ता सर्वसाधारणलाई बिक्री गरिनेछ भने बाँकी ६० प्रतिशत प्राइभेट प्लेसमेन्ट गरिने बैंकले जनाएको छ।

बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ। बैंक अफ काठमाण्डूले १०३ शाखा कार्यालयहरु, ९८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।


प्रतिक्रिया दिनुहोस्