महालक्ष्मी विकास बैंकको ‘महालक्ष्मी डबल बोनान्जा मुद्दती खाता’ सार्वजनिक

प्रकाशित मिति : २३ श्रावण २०७९, सोमबार  ८ : ३४


काठमाडाैं । महालक्ष्मी विकास बैंकले सबैभन्दा छिटो पैसा डबल नयाँ मुद्दती योजना ‘महालक्ष्मी डबल बोनान्जा मुद्दती खाता’ सार्वजनिक गरेको छ ।

दश हजारमै खोल्न सकिने उक्त खातामा ७० महिनामै मुद्दती रकमको दुईगुणा रकम भुक्तानी गरिने बैंकले जनाएको छ ।

यस बैंकमा जुनसुकै बचत खाता खोलेका ग्राहकहरूले उक्त मुद्दती खाता खोल्न सक्नेछन् ।

बैंकले ग्राहकहरूको बैंकिङ आवश्यकता, चाहना तथा अपेक्षलाई मध्यनजर गर्दै यो मुद्दती खाता सञ्चालनमा ल्याएको बताएको छ।

देशैभर रहेका एक सय तीन शाखाहरूमार्फत यो खाता खोल्न सकिने समेत बैंकले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्