घुम्न गएकामाथि हिमाली भालुले क्याम्पमै आक्रमण गर्दा एक महिलाको मृत्यु

प्रकाशित मिति : २३ श्रावण २०७९, सोमबार  ६ : ०३


काठमाडौं। फ्रान्सबाट नर्वे घुम्न गएका एक समूहको क्याममा एक हिमाली भालुले आक्रमण गर्दा एक महिलाको मृत्यु भएको छ।

नर्वेजियन आर्सिटिक आइल्यान्डमा क्याम्प टाँगेर बसेका २५ व्यक्तिहरुको केही क्याम्पमा भालुले आक्रमण गरेको डेलीमेलले जनाएको छ।

आक्रमणपछि एक महिला गम्भीर घाइते भएकी थिइन्। उनको अस्पतालमा मृत्यु भएको हो।

आक्रमणको घटनापछि हेलिकप्टरबाट सुरक्षाकर्मीले बन्दुक पड्काएर भालु खेदाएका थिए।

नर्वेमा सन् १९७० हिमाली भालुले पाँच जनाको हत्या गरेको बताइएको छ।

यसअघि सन् २०२० मा नेदरल्यान्डका एक व्यक्तिको पनि भालुकै आक्रमणबाट मृत्यु भएको थियो।


प्रतिक्रिया दिनुहोस्