अब नागरिकतामा अपमानजनक नाम राख्न नपाइने

प्रकाशित मिति : २३ श्रावण २०७९, सोमबार  ६ : ००


काठमाडौं । अब नागरिकतामा अपमानजनक नाम राख्न नपाइने भएको छ।

यसअघि अपमानजनक शब्द प्रयोग गरी जारी भएका नागरिकताको प्रमाणपत्रमा सम्बन्धित व्यक्तिले सच्याउन माग गरे प्रक्रिया पुर्‍याएर सच्याउन पनि दिने भएको छ।

गृहमन्त्रालयले आज सूचना जारी गर्दै सो जानकारी दिएको छ।

गृहले ‘अपमानजनक’ शब्द प्रयोग गरी नागरिकता जारी नगर्न र यसअघि जारी भएका नागरिकता पनि सम्बन्धित व्यक्तिले सच्याउन चाहे सच्याइदिन जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिएको हो।


प्रतिक्रिया दिनुहोस्