मलेसियाले अबको २ हप्ता कामदारको आवेदन नलिने

प्रकाशित मिति : २३ श्रावण २०७९, सोमबार  ५ : १९


काठमाडौँ । अबको २ हप्ता मलेसियाले कामदारको आवेदन नलिने भएको छ । मलेसियाको मानव संसाधन मन्त्रालयका अनुसार अगस्ट १५ देखि ३१ तारिखसम्म रोजगारदाताको मागपत्र प्रमाणीकरण गर्न अस्थायी रोक लगाइएको हो ।
तर, मागपत्र प्रमाणीकरण भई आइसकेको कामदार भने सहज रूपमा जान पाउनेछन् ।

मलेसियाले आउँदो सेप्टेम्बर १ देखि संशोधित रोजगार ऐन–१९५५ लाई कार्यान्वयनमा ल्याउने तयारी गरेकोले कम्पनीको मागपत्र स्वीकृतिमा रोक लगाइएको हो । संशोधित रोजगार ऐनमा सुधार गरिएको प्रावधानहरू भने विज्ञप्तिमा उल्लेख छैन ।


प्रतिक्रिया दिनुहोस्