युक्रेनी सेनाबाट मारिए अर्का कर्णेल, नतिजा दिन नसकेको भन्दै पुटिनले बर्खास्त गरे ६ जनरल!

प्रकाशित मिति : २३ श्रावण २०७९, सोमबार  ५ : ०७


काठमाडौं। युक्रेनविरुद्धको जारी युद्धमा आक्रमण गरेता पनि भनेजति परिणाम दिन नसकेको भन्दै रुसी राष्ट्रपति भ्लादमिर पुटिनले ६ जना उच्च सैन्य अधिकारीहरुलाई पदबाट बर्खास्त गरेका छन्।

यस क्रममा अगष्टको सुरुवातमै रुसी सेनालाई अर्को झट्का लागेको छ। रुसका लेफ्टिनेन्ट कर्णेल निकोले गोर्बान युक्रेनी सेनाको आक्रमणमा मारिएको डेलीमेलले जनाएको छ।

रुसी सेनाले कमजोर प्रदर्शन गरिरहेको भन्दै पुटिन यतिबेला रुष्ट छन् त्यसमाथि युक्रेनी सेनाले उच्च सैन्य अधिकारीहरुको ज्यान लिन थालेपछि उनलाई तनाव भएको छ।

बेलायती गुप्तचर संस्थाका अनुसार युक्रेनविरुद्ध विभिन्न स्थानबाट लडिरहेका सेनाको नेतृत्व गरेका ६ जना जनरलहरुलाई पुटिनले नतिजा कमजोर दिलाएकोमा पदमुक्त गरेका हुन्।


प्रतिक्रिया दिनुहोस्