रुसविरुद्ध युद्धमा होमिएका सेनाको मनोबल बढाउन ‘उत्तेजक’ तस्बिर पठाउँछन् युक्रेनी महिला!

प्रकाशित मिति : २३ श्रावण २०७९, सोमबार  ४ : १७


काठमाडौं। रुसले युक्रेनमा आक्रमण सुरु गरेको छैठौं महिनामा प्रवेश गरेको छ। रुसले युक्रेनमा विभिन्न क्षेत्र कब्जा गरेको छ।

यद्यपी पश्चिमा राष्ट्रले हतियार सहयोग गरिरहँदा युक्रेनले क्रेमलिनको कडा प्रतिवाद गरिरहेको छ। विदेशी आधुनिक हतियारले युक्रेनी सेनालाई रुसी आक्रमणविरुद्ध कडा रुपमा प्रस्तुत हुन सहयोग दिइरहेको छ।

यतिमात्र नभएर युक्रेनी सेनाको मनोबल बढाउन युक्रेनका विभिन्न समूहले हरेक प्रयास गरिरहेका छन्।

डेलीस्टारका अनुसार युक्रेनी महिलाहरुले युक्रेनी सेनाको मनोबल बढाउन उत्तेजक तस्बिरहरु पठाइरहेका छन्।

मनोवैज्ञानिक एना रेमारेन्कोका अनुसार उनले टेलिग्राममा ‘पोस्टकार्ड फर आवर किटन्स’ नामको समूह बनाएकी छिन्। त्यहाँ युक्रेनी महिलाहरुले कामुक तस्बिरहरु पोस्ट गर्दछन्।

सो समूहमा नग्न तथा अश्लील फोटो र भिडिओ भने राख्न पाइनेछैन। पुरुषलाई उत्तेजित पार्ने फोटोमात्र पोस्ट गर्न पाइने बताइएको छ।

मनावैज्ञानिक एनाका अनुसार युद्धमा होमिएका युक्रेनी सेनालाई त्यस्ता उत्तेजक तथा कामुक तस्बिरले मनोबल बढाउने काम गर्दछ।


प्रतिक्रिया दिनुहोस्