सिभिल बैंकका ग्राहकहरुलाई अब थप २९ साझेदारहरु मार्फत विशेष छुटको व्यवस्था

प्रकाशित मिति : २३ श्रावण २०७९, सोमबार  १ : ०८


काठमाडाैं । सिभिल बैंकले आफ्नो ग्राहकहरुलाई उपलब्ध गराउन सकिने थप सुविधाहरुमा केन्द्रित भएर अझै धेरै साझेदारहरुसँग समन्वय गरी आफ्नो ग्राहकलाई विशेष छुटको व्यवस्था गरेको छ ।

सिभिल बैंकका ग्राहकहरुले अब निम्न साझेदारहरुबाट विभिन्न बस्तु वा विभिन्न सेवा उपभोग गरी बैंकको बिद्युतिय भुक्तानी प्रणाली “सिभिल स्मार्ट – मोवाइल बैंकिङ्ग एप” अथवा एटियम कार्डको प्रयोग गरी भुक्तानी गर्दा निम्न वमोजिमका आकर्षक छुटहरु पाउने व्यवस्था गरेको छ । बैंकले थप २९ विभिन्न पसल, रेष्टुरेन्ट, होटल, रिसोर्ट, सलुन, अस्पताललगायतका स्थलमा छुट दिने भएको छ ।

बैंकले हालसम्म यस्ता विभिन्न ६९ साझेदारहरुसँग ग्राहकहरुलाई छुट प्रदान गर्ने सम्वन्धमा सम्झौता गरिसकेको छ । यसका साथै बैंकले आगामी दिनहरुमा यसको परिधि बढाई अन्य संघ संस्थाहरुसँग पनि सम्झौता गरिने योजना रहेको बैंकका चिफ विजिनेस डिपोजिट तथा ट्रान्जेक्सन बैंकिंग भोला बहादुर विष्टले बताए।

करीव आठ लाख ग्राहकहरु तथा ११५ शाखाहरु मार्फत सेवा प्रदान गरिरहेको सिभिल बैंकको हालसम्म १३ एक्सटेन्सन काउन्टरहरु र ९९ एटिएम रहेका छन् । साथै बैंकले गत असार मसान्तसम्म ९६ अर्ब रूपैयाँभन्दा बढी निक्षेप परिचालन गरी ८७ अर्व रूपैयाँ भन्दा बढी कर्जा लगानी गरिसकेको छ।

Press-Release-_Civil-Bank-Discount-Tie-ups-1


प्रतिक्रिया दिनुहोस्