एटिएम फोडेर जेल गए, जेलबाट निस्केपछि फेरि फोडे

प्रकाशित मिति : २२ श्रावण २०७९, आइतबार  ७ : १५


काठमाडौं । एटिएम फोडेर जेल गएका एक व्यक्ति फेरि एटिएम फोड्दै गर्दा पक्राउ परेका छन्।

प्रकाउ पर्नेमा पर्वतको कुस्मा नगरपालिका—३ का २३ वर्षीय कृष्णबहादुर विक छन्।

पोखरा महानगरपालिका—१७ बिरौटास्थित एनआईसी बैंकको एटिएम फोर्दाफोर्दै उनी प्रकाउ परेका हुन।

विक यसअघि माछापुच्छ्रे बैंकको एटिएम फोर्दा फोर्दै पक्राउ परेका थिए।

एक लाख धरौटी तिर्न नसकेपछि त्यति बेला पुर्पक्षका लागि थुनामा गएका थिए।

 


प्रतिक्रिया दिनुहोस्