सामाजिक सञ्जाल मार्फत महिलालाई हैरानी दिने व्यक्ती पक्राउ

प्रकाशित मिति : २२ श्रावण २०७९, आइतबार  ५ : १८


काठमाडौं । सामाजिक सञ्जाल मार्फत महिलालाई हैरानी तथा अपमान गर्ने व्यक्ती पक्राउ परेका छन्।

पक्राउ पर्नेमा कपिलवस्तुको बुद्धभूमि नगरपालिका–३ का २९ वर्षीय मोहन कुँवर रहेका छन्। एक महिलाको उजुरीपछि कुँवरलाई पक्राउ गरिएको साइबर ब्युरोका प्रवक्ता पशुपती रायले जानकारी दिए।

‘भिडियो कल एसेप्ट गर्ने बित्तिकै अश्लिल हर्कत गर्ने गरेको पाइएको छ’, प्रवक्ता रायले भने।


प्रतिक्रिया दिनुहोस्